श्री भरत भुसाल
अध्यक्षसहकारी संस्था नागरिक समाजको महत्वपूर्ण संस्था हो। सदस्यहरूलाई आत्मनिर्भर, आत्मसम्मान र स्वाभिमानी जीवनका लागि निरन्तर बचत र आर्थिक रूपमा सबल बनाउन सहयोग गर्ने सामाजिक संस्था सहकारी नै हो। यही कारण हामी सबै समान हैसियतका साथ यहाँ उपस्थित भएका छौं। समाजका हरेक पेसा, व्यवसाय, तह र क्षेत्रका व्यक्तित्वहरू हामी सबै यस सहकारी परिवारका सम्मानित सदस्य हौं। यही एकता र सहकार्यकै कारण हाम्रो सहकारी आज इन्द्रेणी जस्तै सुन्दर बनेको छ। यस संस्थाको एकीकरण कोरोना महामारीको विषम परिवेशमा भएको थियो। संसारभर नै त्रासदीपूर्ण महामारीको अवस्था एकातिर थियो भने, भर्खर कानूनी रूपमा सम्पन्न भएको एकीकरणलाई दिगो, व्यवस्थित र तार्किक निष्कर्षमा पुर्याउनुपर्ने विशेष जिम्मेवारी पनि हाम्रो काँधमा थियो।कोरोना महामारीपछि निरन्तर ओरालो लागेको अर्थ बजार र सहकारी क्षेत्रमा देखा परेका चुनौतीहरूका बीच पनि हामीले सहकारी अभियानलाई रक्षात्मक नभई सक्रिय बनाउन सफल भयौं। यही कार्यकालमा हामीले चौथो साधारण सभा सफलतापूर्वक सम्पन्न गरेका छौं। सम्पूर्ण सेयर सदस्यहरूको अविचल विश्वास, लेखा परीक्षण समितिको निरन्तर नियमन, सल्लाहकारहरूको सदा चासो, उपसमितिका साथीहरूको उत्कृष्ट क्रियाशीलता, सञ्चालकहरूको इमानदार प्रयास र कर्मचारीहरूको चुनौती सामना गर्ने उत्कट आकांक्षाले नै यो सम्भव भएको हो। यस विषम परिवेशमा पनि हामी लुम्बिनी प्रदेश सरकारको सर्वेक्षण मूल्याङ्कनमा उत्कृष्ट बन्न सफल भएका छौं। यस उपलब्धिमा यहाँहरूको साथ, सहभागिता, सहयोग र उत्प्रेरणाका लागि म यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै बधाई अर्पण गर्दछु।